काठमाण्डु – संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ । ‘युनाइटेड नेसन्स सपोर्ट मिसन इन लिविया’मा कार्यरत नयाँ भैरवीदल गुल्म (शान्ति सेना) सातौँ डफ्फालाई बदली गर्नका लागि गुरूबक्स गुल्म (शान्ति सेना) आठौँ डफ्फाको पहिलो टोली प्रस्थान गरेको छ । ८औँ डफ्फाका ४२ जना नेपाली शान्ति सैनिकहरूको टोली…