काठमाण्डु – उच्च अदालत पाटनले काठमाण्डु महानगरपालिकाको नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले दायर गरेको रिट निवेदन खारेज गरेको छ । न्यायाधीश दलकुमार खड्का र दीपक खनालको इजलासले पाण्डेको रिट खारेज गर्दै यसअघि जारी गरिएको अन्तरिम आदेश पनि स्वत: निष्क्रिय हुने ठहर गरेको छ । यसअघि अदालतले पाण्डेले गैरकानूनी रूपमा निलम्बन गरिएको दाबीसहित दिएको निवेदनमा…