वर्षा र हिमपातबाट जोगिन सरकारको छ बुँदे अनुरोध, दुई दिन यात्रा नगर्न आग्रह

काठमाण्डु – नेपालमा पश्चिमी वायु र अरब सागरबाट विकसित प्रणालीका कारण पश्चिम नेपाल प्रभावित भइरहेका बेला पुनः बङ्गालको खाडीबाट मोन्था चक्रवातको असर देखिने भएको छ । मंगलबारदेखि फेरबदल भएको मौसम बुधबार दिउँसो केही खुलेपनि त्यसपछि मोन्था चक्रवातको असर देखिने अनुमान छ । मंगलबार सुदूरपश्चिम, मधेश र कोशी प्रदेशबाहेक बाँकी प्रदेशको धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा…