अख्तियारको सक्रियता बढ्यो, खाद्यका प्राविधिक सहायक ३० हजार घुससहित पक्राउ

काठमाण्डु – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहलमा कार्यरत प्राविधिक सहायक सन्जय चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित रङ्गेहात नियन्त्रणमा लिएको छ । विभागको अनुगमन तथा निरीक्षण शाखामा कार्यरत चौधरीले एक उद्योग नवीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरी दु:ख हैरानी दिएको उजुरी अख्तियारमा परेको थियो । उजुरीका आधारमा अख्तियार दुरुपयोग…