काठमाण्डु – फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि हालसम्म ८६७ उम्मेदवारले निर्वाचन खाता खोलेको छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै आयोगकी सहायक प्रवक्ता सीता पुनले हालसम्म ७ दलका ८६७ उम्मेदवारले निर्वाचन प्रयोजनका लागि बैंक खाता खोलेको जानकारी दिएकी हुन् । उनले भनिन्, ‘निर्वाचन प्रचारप्रसारको लागि अहिले बैंक खाता खोल्नेक्रम एकदमै बढेको छ…