प्रहरीले भन्यो-दुर्गा प्रसाईं पक्राउ परेका छैनन्

काठमाण्डु- राजावादी प्रदर्शनका कमाण्डर भनिएका दुर्गा प्रसाईं भारतमा पक्राउ परेको समाचारको नेपाल प्रहरीले खण्डन गरेको छ । चैत १५ गते काठमाण्डुको तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमान्डर प्रसाईं भारतमा समातिएको चर्चा भइरहँदा प्रहरीले यसको खण्डन गरेको छ । प्रहरी प्रधान कार्यालयले हालसम्म प्रसाईं पक्राउ नपरेको जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी दिनेशकुमार आचार्यले…