रवि लामिछाने जोडिएको मुद्दा हेर्दाहेर्दैमा

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने जोडिएको अभियोग संशोधन विरुद्धको मुद्दा मंगलबार पनि हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा सम्पत्ति शुद्धीकरण र संगठित अपराध सम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमाथिको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । अब रिटमाथिको सुनुवाइ बिहीबार हुनेछ ।…