काठमाण्डु – राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आईतबार सिंहदरबारमा बसेको छ । अध्यक्ष नारायणप्रसाद दाहालको अध्यक्षतामा बसेको बैठकमा आगामी अधिवेशनको पूर्वतयारीका विषयमा विस्तृत छलफल भइरहेको छ । रिक्त रहेको राष्ट्रियसभा उपाध्यक्ष पद र विभिन्न समिति सभापतिहरूको निर्वाचन प्रक्रिया अगाडि बढाउने विषय पनि प्राथमिकतामा परेको छ । हालै नवनिर्वाचित सदस्यहरूको विभिन्न समितिमा विभाजन गर्ने विषयमा पनि…