काठमाण्डु– कुलमान घिसिङको पुनर्बहालीको माग गर्दै आइतबार पनि काठमाण्डुमा प्रदर्शन भएको छ । माइतीघर मण्डलामा आफूहरूलाई स्वतन्त्र नागरिक बताउने कुलमानका समर्थकहरूले विभिन्न ब्यानर र प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । ‘उज्यालो नेपालका नायक कुलमान घिसिङ’ प्रिन्ट भएको टिसर्ट लगाएका उनीहरुले ‘प्राधिकरणमाथिको राजनीति बन्द गर, ‘देशको शान कुलमान घिसिङ’ पूरा नेपाल झलमल छ, जनताको मनमा कुलमान छ,…