काठमाण्डु- नेपाल बार एसोसिएसनको निर्वाचनअन्तर्गत मतगणना सोमबार मात्रै शुरु हुने भएको छ। आइतबार मतपेटिका संकलन गर्न समय लाग्ने भएकोले सोमबार मात्रै मतगणना शुरु हुने प्रमुख निर्वाचन अधिकृत रामकृष्ण निरलाले जानकारी दिए। जुम्लाबाट मतपेटिका आइपुग्न समय लाग्ने भएकाले मतगणनामा ढिलाइ भएको उनले बताए। सबै मतपेटिका आइतबार साँझसम्म संकलन भए सोमबार बिहान ८ बजेदेखि मतगणना गरिने निरलाले…