चितवनमा पर्खाल भत्किँदा ३ जना मजदुरको मृत्यु, २ जना घाइते

काठमाण्डु– चितवनमा पर्खाल भत्किँदा ३ जना मजदुरको ज्यान गएको छ भने २ जना घाइते भएका छन्। चितवनको रत्ननगर नगरपालिका–१२ शान्तिकुञ्ज टोलस्थित किसान दाना उद्योगको पर्खाल भत्किँदा च्यापिएर ३ मजदुरको मृत्यु भएको हो । मृत्यु हुनेमा खैरहनी नगरपालिका–२ का ४५ वर्षीय शुकराम दराई, गोरखा घर भई रत्ननगरमा बसोबास गर्दै आएका ५४ वर्षीय रेशम दराई र रत्ननगर–१२…