प्रकोप जोखिम व्यवस्थापन एकदमै ठूलो चुनौती बन्यो : मन्त्री घिसिङ

काठमाण्डु – भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, जलस्रोत तथा सिँचाइ र शहरी विकासमन्त्री कुलमान घिसिङले प्रकोपहरूको जोखिम व्यवस्थापनमा मुख्य कुरा पानीको स्रोतको व्यवस्थापन रहेको बताएका छन् । मंगलबार काठमाण्डुमा आयोजित विपद् जोखिम न्यूनीकरण सम्बन्धी चौथो राष्ट्रिय सम्मेलनमा उनले प्राकृतिक प्रकोपको जोखिम व्यवस्थापनको लागि पानीको स्रोतको व्यवस्थापन गर्नुपर्ने भन्दै यसलाई माथिदेखि तलसम्म नहेर्ने हो भने यस्तो…