काठमाण्डु- नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालसहित पाँच जना निलम्बनमा परेका छन् । रेडक्रसको अन्तर्राष्ट्रिय संस्था आइएफआरसीले अध्यक्ष नेपाल र उपाध्यक्ष विशाल भण्डारीलाई पत्र लेखेर आइएफआरसीले निलम्बन गरेको जानकारी गराएको छ । आइएफआरसीले अध्यक्ष नेपालसहित विनोद कुमार बस्नेत, मनोजकुमार थापा, भुपतिलाल श्रेष्ठ, नारायण तिमिल्सिनालाई निलम्बन गरेको हो। उनीहरू माथि संस्थाको आधारभूत मान्यतालाई कुल्चेको, सामान्य सिद्धांतहरु…