काठमाण्डु- रास्वपा सभापति रवि लामिछाने पक्राउ परेका छन्। उनी सुप्रिम सहकारी ठगी र संगठित अपराधको मुद्दामा शुक्रबार साँझ ९ बजे बूढानीलकण्ठ निवासबाट पक्राउ परेका हुन्। प्रहरीको केन्द्रीय अनुन्धान ब्युरो (सीआईबी) का एसएसपी होबिन्द्र बोगटी नेतृत्वको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। शुक्रबार उच्च अदालत तुलसीपुर बुटवलमा न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले लामिछानेलाई थुनामा पठाउन आदेश दिएको…