प्रधानमन्त्री ओलीले आज बिम्स्टेक सम्मेलनलाई सम्बोधन गर्ने

काठमाण्डु- प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)कोे छैटौं शिखर सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै छन् । उनीसहित सदस्य मुलुकका सरकार प्रमुखहरुले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । शिखर सम्मेलनको पहिलो कार्यसूचीमा बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसनमा हस्ताक्षर हुनेछ । आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पाइतोङतार्न सिनावात्राले स्वागत सम्बोधन गरेपछि…