काठमाण्डु- प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। उनीहरुको शुक्रबार थाइल्यान्डको राजधानी बैंककमा भेटवार्ता भएको हो । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि उनीहरूबीच भेट भएको हो। मोदी बस्ने म्यान्डेरियन ओरिन्टल होटेलमा दुई प्रधानमन्त्रीबिच प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता भएको छ । प्रधानमन्त्री…