बैंकक – थाइल्याण्डमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भूटानका प्रधानमन्त्री छिरिङ तोब्गेबीच बिहीबार बैंककमा भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)कोे छैटौं शिखर सम्मेलनमा भाग लिने क्रममा बैंककमा रहेका प्रधानमन्त्री ओलीसँग भूटानका प्रधानमन्त्री तोब्गेसँग साइडलाइट भेटवार्ता भएको हो । उनीहरूबीच गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको ७९औं महासभाका क्रममा…