काठमाण्डु– उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन रोक्न आदेश दिएको छ। न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको एकल इजलासले निर्वाचन प्रकृया सम्बन्धी सम्पूर्ण काम कारबाही प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागुन्जेलसम्म यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको हो। आइतबार उच्च अदालतले यसअघि दिएकै अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने निर्णय सुनाएको हो। यसअघि एन्फा उपाध्यक्ष विराटजंग…