चुनाव लड्नका लागि ३ जना राष्ट्रियसभा सदस्यले दिए राजीनामा

काठमाण्डु– राष्ट्रिय सभाका ३ जना सदस्यहरुले राजीनामा दिएका छन् । आइतबार राष्ट्रिय सभाका सदस्यहरू नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले पदबाट राजीनामा दिएका हुन् । प्रतिनिधिसभामा उम्मेदवारी दिने तयारीमा रहेका उनीहरुले राजीनामा दिएका हुन् । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष उनीहरूले लिखित राजीनामा बुझाएका हुन् ।