काठमाण्डु - प्रतिनिधिसभा निर्वाचनमा झापा–५बाट उम्मेदवारी दिन लागेका काठमाण्डु महानगरपालिकाका मेयर बालेन शाह आइतबार मेयर पदबाट राजीनामा दिन लागेका छन् । उनले राजीनामा दिएर अपरान्ह २ बजे रास्वपाको केन्द्रीय समिति बैठकमा सहभागी हुने छन् । मेयर शाह रास्वपाका वरिष्ठ नेता हुन् । निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक पनि आइतबार नै बस्दैछ।…