जेन जी आन्दोलनपछि पहिलो पटक एमाले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाण्डु - नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक बुधबार बस्दैछ । बिहान ११ बजे ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा सुरु हुने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । बुधबार सुरु हुने बैठक शुक्रबारसम्म चल्नेछ । बैठकमा राजनीतिक प्रस्ताव र विविध विषयमा छलफल गर्ने कार्यसूची छ । आसन्न पार्टीको राष्ट्रिय महाधिवेशनको…