देउवा निवासमा भेटिएको रुपैयाँबारे बुढानीलकण्ठले जवाफ दिनुपर्छ : कांग्रेस महामन्त्री शर्मा

काठमाण्डु - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवाको घरमा फेला परेको रुपैयाँका विषयमा अनुसन्धान हुनुपर्ने बताएका छन्। नेपाली कांग्रेस मकवानपुरले शनिबार हेटौँडामा आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री शर्माले पार्टी सभापतिको घरमा रुपैयाँ फेला परेको भनिएको घटना अनुसन्धानबाट टुंग्याउनुपर्ने बताए । ‘पैसा कसरी र कहाँबाट आयो भन्ने कुरा सरकारले छानबिन समिति बनाई अनुसन्धान…