काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्व राजनीतिमा देखिएका असुरक्षा, हस्तक्षेप र अत्याचारविरुद्ध पार्टीको स्थिर नीति रहेको बताएका छन् । शनिबारको पार्टी केन्द्रीय कमिटी बैठकमा विश्व परिस्थितिका पछिल्ला घटनाक्रमप्रति आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै उनले भने, ‘विश्व राजनीति अस्थिर, पूर्वानुमान गर्न कठिन र जोखिमपूर्ण बन्दै गएको छ, नियममा आधारित प्रणाली निष्प्रभावी हुँदैछ, बहुपक्षीयता र…