अवैध गोदाममा सशस्त्र प्रहरीको छापा, ५९ बोरा लत्ताकपडा र मोटर पाट्र्स बरामद

काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालले झापा जिल्लाको मेचीनगर नगरपालिका–६ झिल्के घाम टोलको २ वटा घरमा छापा मारेर ५९ बोरा लत्ताकपडा र मोटर पाट्र्स बरामद गरेको छ । लत्ताकपडा र मोटर पाट्र्स सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापा प्रस्तावित सीमा सुरक्षा गुल्म काकडभिट्टा र राजस्व अनुसन्धान कार्यालय इटहरीको संयुक्त टोलीले बरामद गरेको छ…