महामन्त्रीद्वय थापा र शर्माद्वारा कांग्रेसको महाधिवेशन स्थगित, विशेष महाधिवेशन आह्वान

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको नियमित महाधिवेशन स्थगित गरेका छन् । बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै महामन्त्रीद्वयले विशेष महाधिवेशन सम्बन्धी मागलाई सम्बोधन गर्नु केन्द्रीय कार्यालयको जिम्मेवारी भएको बताए । विज्ञप्तिमा उल्लेख छ, ‘५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी केन्द्रीय कार्यालयमा दर्ता गराएको विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्ने प्राथमिक विकल्प…