काठमाण्डु – नयाँ विकल्प दिने भनेर प्रचारबाजी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्दसूची सार्वजनिक भएपछि विवाद उत्पन्न भएको छ । आर्थिक प्रलोभनदेखि व्यक्तिगत पहुँच र भनसुनका आधारमा समानुपातिकको सूचीमा नाम समावेश गरिएको र आन्तरिक निर्वाचनबाट उत्कृष्ट भएकाहरूलाई पाखा लगाइएको अवस्था समानुपातिक सूचीमा देखिएको छ । जेनजी आन्दोलनको भावनालाई सम्बोधन…