काठमाण्डु– चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा नेपालको कुल वस्तु निर्यात झन्डै दोब्बरले बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउन महिनामा कुल निर्यात ९५.७ प्रतिशतले वृद्धि भई २३ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा भने निर्यात ९.६ प्रतिशतले घटेको थियो । गन्तव्य मुलुकका आधारमा हेर्दा भारततर्फको निर्यात…