थाइल्यान्डमा अलपत्र २० नेपाली फर्काइए

काठमाण्डु-थाइल्यान्डमा अलपत्र २० जना नेपालीलाई स्वदेश फर्काइएको छ । थाइल्यान्डस्थित नेपाली राजदूतावासले उनीहरूको उद्धार गरी शुक्रबार नेपाल फर्काइएको जानकारी दिएको हो । जनवरी २४ मा २० जना नेपालीलाई आकर्षक तलब र रोजगारीको प्रलोभनमा पारी मकाउ पठाउन भारतको नयाँ दिल्ली हुँदै थाइल्यान्ड  पुर्‍याइएको थियो । त्यसपछि अलपत्र पारिएका उनीहरूलाई उद्धार गरी नेपाल फर्काइएको थाइल्यान्डस्थित नेपाली राजदूतावासले…