एमसीसी परियोजनामा थप प्रतिबद्धता आवश्यक : अमेरिकी राजदूत

काठमाण्डु– अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालस्थित अमेरिकी राजदूत डिन आर थम्पसनबीच सोमबार अर्थ मन्त्रालयमा भेटवार्ता भएको छ। भेटमा नेपालको हालको राजनीतिक तथा आर्थिक परिस्थिति, आगामी निर्वाचन, पुनर्निर्माण योजना र निजी क्षेत्रलाई राहत दिने सहुलियत प्याकेजबारे विस्तृत छलफल गरिएको अर्थ मन्त्रालयले जनाएको छ। अर्थमन्त्री खनालले विशिष्ट परिस्थितिमा बनेको वर्तमान सरकारको प्रमुख प्राथमिकता तोकिएको समयमा निर्वाचन सम्पन्न…