भ्रष्टाचार मुद्दा लागेका माधव नेपालले भने – १ रुपैयाँ पनि भ्रष्टाचार गरेको छैन

काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूले १ रुपैयाँ पनि भ्रष्टाचार नगरेको प्रतिक्रिया दिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतंजलि योगपीठको जग्गा खरिद–बिक्री प्रकरणमा मुद्दा दर्ता गरेपछि रौतहटमा पत्रकारहरूसँग कुरा गर्दै उनले आफूले कसैबाट अनुचित लाभ नलिएको बताए । ‘म राष्ट्रलाई नोक्सान पर्ने कुनै पनि कामको विरुद्धमा रहन्छु । कसैबाट भएको…