काठमाण्डु – अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले सनातन हिन्दू धर्मावलम्बीहरूका लागि आगामी विजया दशमी २०८२ को टीका लगाउने साइत विभिन्न देशका स्थानीय समयअनुसार सार्वजनिक गरेको छ । समितिका सभापति प्रा.डा. माधव भट्टराईको अध्यक्षतामा बसेको बैठकले साइतबारे निर्णय गरेको हो । समितिले टीका साइतका विषयमा विश्वभरबाट आएको जिज्ञासालाई ध्यानमा राख्दै साइत सार्वजनिक गरेको छ । शास्त्रीय मान्यतानुसार…