मुग्लिन-नारायणगढ सडक तत्काल खुल्ने सम्भावना कम

काठमाण्डु – सडक माथिबाट ढुङ्गासहितको पहिरो झर्ने क्रम नरोकिएपछि मुग्लिन–नारायणगढ सडक अझै अवरुद्ध रहेको छ । शुक्रबार बेलुका ६ बजेदेखि चितवनको इच्छाकामना गाउँपालिका–६ मा पर्ने तुइन खोलामा खसेको पहिरोले सडक अवरुद्ध भएको हो । सडक माथिबाट ढुङ्गासहितको पहिरो झर्ने क्रम रोकिएको छैन । प्रहरीका अनुसार निरन्तर खसेको खुक्खा पहिरोले १०० मिटर सडक ढाकेको छ ।…