काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अब राजतन्त्र फर्किने सम्भावना नभएकाले पूर्वराजा लोकप्रिय भए चुनाव लड्न सुझाव दिएका छन् । महोत्तरीमा बिहीबार भएको कार्यक्रममा बोल्दै उनले जनताले एकपटक फालिसकेको राजतन्त्रलाई स्वीकार नगर्ने स्पष्ट पारे । जनताले फालेको राजतन्त्रलाई नेपालको संविधानले नचिन्ने उनले बताए । ‘अब यस देशमा सामन्ती राजतन्त्र, जन्मिँदै राजा हुने, कोही–कोहीले जुनसुकै…