काठमाण्डु – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपालको संविधानका विषयमा गहन छलफल आवश्यक रहेको औंल्याएका छन् । उनले हालकै संविधानबाट देश र जनताको पक्षमा काम गर्नुपर्ने बताए । आईतबार आयोजित संघीय लोकतान्त्रिक गणतन्त्र: चुनौती र अवसर विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले संविधानमा कमी–कमजोरी हुनसक्ने भन्दै संविधान संशोधन लगायतका विषयमा गहन छलफल गर्नुपर्ने बताए । ‘संविधानको…