काठमाण्डु वैकल्पिक नयाँ शक्तिबीच सहकार्यको प्रयासमा रहेका काठमाण्डु महानगरका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच सहमतिको खाकाका विषयमा गृहकार्य सुरु भएको छ । यी दुई नेताबीच दुईपटक भएका छलफलबाट उनीहरू सहमतिनजिक पुगेको र त्यसअनुसार सहमतिको अन्तिम खाका बनाउने गृहकार्य थालिएको हो । यी तीन नेताहरूबीच बिहीबार पनि छलफल भएको थियो…