काठमाण्डु – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शनिवार जेनजी आन्दोलनमा घाइते भएका युवाहरूसँग भेटघाट गरेकी छन्। उनले काठमाण्डुस्थित वीर अस्पतालको ट्रमा सेन्टर र सिभिल अस्पताल, बानेश्वर पुगेर उपचाररत घाइतेहरूको अवस्था बुझेकी हुन् । शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले अझै औपचारिक रूपमा पदभार ग्रहण गर्न बाँकी छ। तर, उनले पहिलो दिनमै आन्दोलनमा घाइते भएकाप्रति चिन्ता जनाउँदै भेटघाट…