काठमाण्डु– मोरङमा महिला र पुरुष झुण्डिएको अबस्थामा मृत फेला परेका छन्। पथरीशनिश्चरे नगरपालिका–५ स्थित मौलिबारीमा छुट्टा छुट्टै परिवारका महिला र पुरुष एउटै डोरीमा झुण्डिएको अबस्थामा मृत फेला परेका हुन् । मृत फेला पर्नेमा मोरङ्गको पथरीशनिश्चरे–५ का अजय टुडू र झापाको गौरीगन्ज गाउँपालिका–२ की जाबुमुनी हस्दा रहेका छन् । उनीहरु दुवै विवाहित रहेको बताइएको छ ।…