भूमि समस्या समाधानको काम थाल्न जिल्ला समितिहरूलाई निर्देशन

काठमाण्डु – भूमि समस्या समाधान आयोगले काम–कारवाही अगाडि बढाउन जिल्ला समितिहरूलाई निर्देशन दिएको छ । आयोगका उपसचिव गोकुल ढुंगेलले बुधबार सबै जिल्ला समितिहरूलाई पत्राचार गर्दै प्रचलित नियमानुसार काम कारवाही सुचारु गर्न निर्देशन दिने निर्णय भएको जनाएका छन् । सरकारले आयोग विघटनको निर्णय गरेपछि सर्वाेच्च अदालतमा परेको रिटका पक्षमा फैसला भएको थियो ।