अब दुई दिनभित्रै राहदानी !

काठमाण्डु - सरकारले अब दुई दिनभित्रै राहदानी उपलब्ध गराउने भएको छ। अहिले कूल ३ लाख ९६ हजार थान राहदानी छपाइ भएर आपूर्ति भइसकेकाले आवश्यक भएकालाई तत्कालै उपलब्ध गराइने राहदानी विभागले जनाएको छ । विभागका अनुसार यसअघि अन्तरिम अवधिका लागि ७ लाख थान राहदानी पुस्तिका उपलब्ध गराउने निर्णय भएको थियो। राहदानी पुस्तिकाको आपूर्तिसँगै विभागले पूर्ण क्षमतामा…