जाँचबुझ आयोगले रमेश लेखकलाई बयानका लागि बोलायो

काठमाण्डु– जेनजी आन्दोलनका घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि पठाएको छ । मंगलबार लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाइएको हो । लेखकलाई शुक्रबार बयानका लागि बोलाइएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिए । आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बयानका लागि पत्र काट्ने तयारी गरेको छ ।