गण्डकी प्रदेश सरकारले बाँदर धपाउन कृषि हेरालु राख्ने

पोखरा – गण्डकी प्रदेश सरकारले बाँदर धपाउन कृषि हेरालो राख्ने भएको छ । किसानहरूले बाँदरका कारण खेती थन्क्याउन नपाउने अवस्था भएपछि सरकारले आगामी आर्थिक वर्षदेखि कृषि हेरालुको व्यवस्था गर्न लागेको छ । सरकारको नीति तथा कार्यक्रममा भनिएको छ, ‘बाँदरको अतिक्रमणबाट अत्यन्त प्रभावित क्षेत्रमा बालीनालीको संरक्षण गर्न समुदाय, स्थानीय तह र प्रदेश सरकारको साझेदारीमा आवश्यकताका आधारमा…