काठमाण्डु - नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ बढुवा भएका प्रहरी सहायक निरीक्षक (असई)हरूको पदस्थापन गरिएको छ। यस्तै जनपद प्रहरी समूहतर्फको प्रहरी हवल्दार पदमा ठुलो संख्यामा बढुवा पनि नेपाल प्रहरीले गरेको छ। प्रहरी अतिरिक्त महानिरीक्षकको बिहीबारको निर्णयअनुसार प्रहरी वरिष्ठ हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा बढुवा भएका ४२४ जना प्रहरी सहायक निरीक्षकहरूलाई हालको दरबन्दीबाट तलब, भत्ता…