सियाङसान फोरममा भाग लिन प्रधानसेनापति शर्मा चीन जाने

काठमाण्डु - प्रधानसेनापति प्रभुराम शर्मा चीनको औपचारिक भ्रमणमा जाने भएका छन् । नेपाली सेनाका अनुसार बेइजिङमा आयोजना हुने १० औँ सियाङसान फोरममा सहभागी हुन प्रधानसेनापति शर्मा दसैँ सकिए लगत्तै चीन जान लागेका हुन् । प्रधानसेनापति शर्मा कार्तिक १० देखि १६ गतेसम्म चीनमा रहनेछन् । फोरम भने कार्तिक १२ गतेदेखि १४ गतेसम्म आयोजना हुनेछ । यसअघि…