मन्त्री थापाको कर्मचारीलाई चेतावनीः ‘कैदीलाई ठमेलको दोहोरीमा लग्ने ‘रिपोर्ट’ आएको छ, सच्चिनुस् नत्र कारवाहीमा पर्नुहोला’

काठमाडौं- गृहमन्त्री रामबहादुर थापाले कारागारलाई यातना गृहका रुपमा नभई सुधार गृहका रुपमा विकास गर्न आवश्यक रहेको बताएका छन् । आइतबार कारागार व्यवस्थापन विभागको निरीक्षणपछि उनले अपराधी कारागारमा आएपछि असल नागरिकका रुपमा रुपान्तरण भएर जाउन् भनेर ध्यान दिन आवश्यक भएको बताउँदै यस विषयमा राम्रो काम गर्न कर्मचारीलाई निर्देशन दिए । उनले कर्मचारीलाईकारागारभित्रका विकृति र विसंगतिलाई हटाउन निर्देशन दिएका…