काठमाण्डु – नेपाल प्रहरीको एसपीबाट एसएसपीमा बढुवा भएकालाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले आज बुधबार दर्ज्यानी चिह्न प्रदान गरेका छन् । गत कात्तिक गतेको बढुवा समितिको सिफारिसअनुसार मंगलबार ५ जनाको बढुवा भएको थियो । बढुवा भएका एसएसपीहरू वसन्त रजौरे, रविकुमार पौडेल, नवीनराज राई, वीरबहादुर ओली र चन्द्रदेव राईलाई बुधबार दर्ज्यानी चिह्न प्रदान गरिएको छ । कार्यक्रममा…