काठमाण्डु - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भक्तपुरको खरिपाटीस्थित सैनिक प्रशिक्षालयमा पुगेर तालिम पूरा गरी उत्तीर्णहरुको कवाज कार्यक्रमको अवलोकन गरेका छन्। बुधबार प्रधानमन्त्री प्रचण्डले भक्तपुरको खरिपाटीस्थित सैनिक प्रशिक्षालयमा सि.नं ६० अधिकृत क्याडेट तालिम र सि.नं ५० पदिक तथा विल्लादार अधिकृत क्याडेट तालिममा शिक्षार्थीहरुलाई आयुक्त पद प्रदान कवाज कार्यक्रमको अवलोकन गरेका हुन् । त्यसक्रममा उनले उत्कृष्ट प्रशिक्षार्थीलाई…