अख्तियारले एआईजी श्यामलाल ज्ञवाली विरुद्धको उजुरी तामेलिमा राख्यो

काठमाण्डु-  नेपाल प्रहरीका एआईजी श्यामलाल ज्ञवालीको उजुरी तामेलिमा राखिएको छ । हाल नेपाल प्रहरीको मेट्रो प्रमुख रहेका ज्ञवालीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जन्ममिति फरक पारी सरकारी निकायलाई झुक्याएर जागिर खाएको भन्दै उजुरी परेको थियो । ज्ञवाली प्रहरी महानिरीक्षकको दौडमा रहेका वेला उनिविरुद्ध नागरिकताको जन्ममिति फरक रहेको भन्दै प्रचारवाजी भएको थियो । ज्ञवालीलाई विवादमा तानेपछि सरकारले…