काठमाण्डु - नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवर चैत १० गते प्रहरी प्रमुख नियुक्त भएका थिए । नियुक्ति पाएको २ महिनामै उनी विवादमा तानिएका छन् । ‘हाई प्रोफाइल’ आरोपीहरूको संलग्नता पाइएको नक्कली भुटानी शरणार्थी प्रकरणमा आईजीपी कुँवरको शंकास्पद भूमिका पाइएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू नै बताउँछन् । नेकपा एमालेका तत्कालीन सचिव टोपबहादुर रायमाझीलाई फरार…