काठमाण्डु - राजस्व अनुसन्धान विभागले बरामद गरेको करिब सय केजी सुनमा व्यवसायी दीपक मलहोत्राको नाम जोडिएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भन्सार समेत जांचपास गरेर सुन बाहिरिएको थियो । हङकङबाट स्कुटरको ब्रेकसु र दाह्री काट्ने रेजमा लुकाएर उक्त सुन नेपाल आएको थियो । विभागको प्रारम्भिक अनुसन्धानमा मल्होत्राको संलग्नता देखिएको स्रोतले जनाएको छ । विभागले गरेको…