प्रहरी महानिरीक्षक खापुङले गरे प्रधानमन्त्रीसँग बिदाइ भेट

काठमाण्डु - नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङले प्रधानमन्त्री सुशीला कार्कीसँग बिदाइ भेट गरेका छन्। बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा महानिरीक्षक खापुङले बिदाइ भेट गरेका हुन् । त्यस अवसरमा उनका उत्तराधिकारी दानबहादुर कार्की पनि सहभागी थिए। आफ्नो कार्यकाल सकिनै लाग्दा महानिरीक्षक खापुङले प्रधानमन्त्रीसँग भेट गरेका हुन्।